|

विराटनगर : नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य गोपाल किरातीले एमालेसँगको एकताप्रति असहमति जनाउँदै पार्टी पुनर्गठनका लागि आह्वान गरेका छन्। सामाजिक संजाल फेसबुकमा विज्ञप्ति सार्वजनिक गर्दै किरातीले पुष्पकमल दाहाल प्रचण्ड एण्ड कम्पनीशद्वारा गठित दक्षिणपन्थी भएको भन्दै भण्डाफोर गर्ने उल्लेख गर्ने चेतावनी दिएका छन्।

‘महान जनयुद्ध र अमर शहीदहरूको अपमान गरी माओवादी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनिद्वारा घटित ‘दक्षिणपन्थी काण्ड’को भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन समूह त्यस काण्डमा संलग्न नरहेको स्पष्ट गर्छु’ , किरातीद्वरा जारी विज्ञप्तिमा भनिएको छ’, ‘माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त राष्ट्रिय समाजवादी राजनीतिक कार्यदिशा एवंम् पहिचान मुद्दालाई निर्णायक तहमा स्थापित गर्न अग्रसर कमरेडहरूमा नेकपा (माओवादी केन्द्र) पुनर्गठन गरी अघि बढ्न बिशेष आह्वान गर्दछु।’ 

किरातीले पार्टी पुनर्गठनका लागि अधिवेशन आह्वान गरेका छन्। विज्ञप्तिमा संयोजक गोपाल किराती नेकपा माओवादी केन्द्र उल्लेख छ। थाहाखबरसँगको कुराकानीको क्रममा किरातीले आफू संसदको उपयोग गर्ने तर संसदवादमा नफस्ने बताए। ‘संसदको उपयोग गर्न सकिन्छ तर संसदवादमा जान सकिँदैन,’ किरातीले भने, ‘हामीले हारेका होइनौँ। हारेजस्तो लुसुक्क परेर कोहीसँग एकता वा सहमति गर्नु हुँदैन त्यसले हामीलाई घाटा गरेको छ।’ 

असोज १७ गतेको सहमतिदेखिनै आफूले असहमति राख्दै आएको बताउँदै किरातीले माओवादीले आफ्नो पहिचान समाप्त पारेर एमालेसँम बिलय हुन गएको दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.