|

कपिलवस्तु : काठमाडौंबाट दाङतर्फ जाँदै गरेको यात्रुबाहक बसमाथि कपिलवस्तुमा पेट्रोल बम प्रहार भएको छ। अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट बसमा सवार १२ जना यात्रु घाइते भएका छन्।

काठमाडौंबाट दाङका लागि छुटेको ना ५ ख ७९१० नम्बरको बसमा कपिवलस्तुको शिवराज नगरपालिका-३ को सुपादेउराली चोकमा अज्ञात समूहले पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा प्राथमिक उपचारपछि बुटवल पठाइएको चन्द्रौटा वडा प्रहरी कार्यालय प्रमुख झवीन्द्र भट्टराईले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.