काठमाडौं : बन्द गर्दै हिँड्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ४ जना कार्यकर्ता मंगलबार उपत्यकाका विभिन्न ठाँउबाट पक्राउ परेका छन्।
३ जना सिहंदरबार एरियाबाट र १ जना गौशालाबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए। उनीहरूलाई बन्दको प्रचार गर्दै गर्दा पक्राउ गरेको पोखरेलले बताए।
विराटनगरमा आफ्ना नेता, कार्यकर्ता पक्राउ परेको विरोधमा नेकपाले मंगलबार देशभर बन्द आह्वान गरेको हो। काठमाडौंमा बन्दको प्रभाव नदेखिए पनि तीनकुनेमा बम राखेको हल्लाले केही बेर सडक अवरुद्ध भएको थियो।
देशभर बन्दको असर आंशिक परेको र सबै क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।