|

काठमाडौं : डा. गोविन्द केसीले अदालतको अवहेलना मुद्दामा तारेखमा बस्न अस्वीकार गरेका छन्।

गत पुस २६ गते साधारण तारेखमा छुटेका डा. केसी अदालतमा हाजिर हुन सर्वोच्च पुगेका थिए। अदालतले पुन: तारेख लम्ब्याउन लागेको भन्दै उनले तारेखमा बस्न अस्वीकार गरेका हुन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले भनेका छन्, ‘निज प्रधानन्यायाधीश पदमा बहाल रहँदासम्म उक्त मुद्दामा निष्पक्ष न्याय सम्पादन हुन नसक्ने भएको हुँदा निजको निर्देशनबमोजिम थोपर्न खोजिएको पेसी तारेख हामीलाई स्वीकार्य छैन।’

यसका साथै प्रधानन्यायाधीश पराजुलीले तारेख लम्ब्याएको हुँदा प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रत्यक्ष स्वार्थ गाँसिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.