|

दाङ : दाङको घोराइमा २ लाख रुपैयाँ बरारबरको मोबाइल चोरी गर्ने ४ बालक पक्राउ परेका छन्।

घोराहीस्थित थापा मोबाइल सेन्टरमा सोमबार राति चोरी भएको थियो।

चोरीमा संलग्न भएको अभियोगमा रोल्पा घर भइ हाल घोराही नयाँ बसपार्क बस्ने वर्ष १३ को आकाश घर्ती, दाङको भालुबाङ घर भइ हाल घोराही पुरानो बसपार्क बस्ने वर्ष १२ को लक्ष्मण बिक, रोल्पा घर भई हाल  नयाँ बसपार्क बस्ने वर्ष १२ को नारायण चन्द र रोल्पा थबाङ घर भई हाल पुरानो बसपार्क बस्ने वर्ष १२ को प्रमिशन बुढालाई पक्राउ गरिएको छ।

उनीहरूको साथबाट सामसुङको मोबाइल ३ थान, जिओनि १ थान, कलर्स २ थान, लाभा १ थान र लेनेभो १ थान गरी ८ थान मोबाइल र अन्य सामानहरु बरामत गरिएको प्रहरी सहायक निरीक्षक मानबहादुर महराले जानकारी दिए।

उनीहरूको साथबाट नक्कली नोटसमेत चोरी गरिएको प्रहरीले जानकारी दिएको छ। उनीहरूको साथबाट २ हजारका ८ वटा, ५ सयका ३ वटा, २ सयका २ वटा र ५० को एउटा वटा गरी १४ वटा नक्कली नोट फेला पारेको महराले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.