'कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ'

|

चितवन : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्।

चितवनको भरतपुर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग महामन्त्री डा. कोईरालाले भने,‘पार्टीको नेतृत्व समेत परिवर्तन गर्नुपर्छ, त्यो अधिवेशनबाट हुन्छ।’

वाम एकताको विषयमा पत्रकारले सोधेको जिज्ञासामा उनले २ ठुला पार्टी मिलेर गएपछि प्रतिष्पर्धा गर्न कठिन हुने समेत बताए। ‘हामीलाई चुनौति छ, हामीले आफ्नो पार्टीलाई जोगाएर लानुपर्छ’, डा. कोइरालाले भने।

अब कांग्रेस संगठित हुने सम्भावना बढी रहेको उनले बताए। यो एकताले पनि कांग्रेसलाई तपाईहरु आफ्नो पार्टीलाई ठिक गर्नुस् भन्ने सन्देश दिएको उनको तर्क थियो।

पार्टी कमजोर भएको स्वीकार गर्दै डा. कोइरालाले पार्टी सुदृढिकरणको प्रक्रिया सुरु भैरहेको समेत दाबी गरे।

महासमिति र केन्द्रिय समितिको बैठक डाक्ने तयारीमा रहेको भन्दै उनले त्यसमा कमिकमजोरीबारे गम्भिर छलफल हुने उल्लेख गरे।

पराजय के कारणले भएको भन्दै जिल्लाको राय सुझाव समेत आउने डा. कोइरालाको भनाई छ। पार्टी संसदीय दलको नेतामा सभापति देउवा र प्रकाशमान सिंहले पनि चाहना राखेको भन्दै आफू सर्वसम्मतीमा भए मात्रै संसदीय दलको नेतामा जाने जिकिर गरे। निर्वाचन हुने अवस्थामा आफू प्रतिस्पर्धी नबन्ने प्रष्ट पारे।

महामन्त्री डा. कोइरालाले कांग्रेसले निर्वाचनका बेलामा केही दलसँग सहकार्य गरेको जानकारी दिँदै अब विभिन्न दल मिल्ने विषयमा कांग्रेस गम्भीर रुपमा अघि बढ्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.