|

सिन्धुपाल्चोक : अरनिको राजमार्ग अन्तर्गत तातोपानी फुल्पिङकट्टी जोड्ने लार्चाको निर्माणधीन बेलिब्रिज मंगलबार भाँचिएको छ। बेलिब्रिज दुईतर्फ जोड्ने क्रममा एकातर्फ धेरै भार र अर्कोतर्फ कम भार परेका कारण बेलिब्रिजबीचमा नै भाँचिएके हो।

भदौदेखि सुरु गरिएको बेलिब्रिज निर्माण अन्तिम चरणमा पुग्न लागेको थियो। बेलिब्रिजको दुवैतर्फको फाउन्डेशनको काम आधा सकिएको छ। निर्माण कार्यमा ठेकेदारको लापरबाहीले गर्दा बेलिब्रिज भाँचिन पुगेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। बेलिब्रिज निर्माण कार्य सक्न प्रशासनले ठेकेदार कम्पनीलाई दसैँअघि नै सक्न निर्देशन दिएको थियो।

तर, ठेकेदारको चरम लापरबाहीकै कारणले बेलिब्रिज भाँचिएको हो। आर्थिक अभावका कारण निर्माणले गति नलिएको ठेकेदार पक्षको भनाइ छ। पहाड खसेर ध्वस्त भएको ९० मिटर लामो लार्चा मोटरेवल पुलको स्थानमा ५० मिटरको बेलिब्रिज निर्माण गरिँदै थियो। बेलिब्रिज निर्माण कार्यमा भएको ढिलाइका कारण स्थायी रूपमा यातायात सञ्चालन गर्न समस्या भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.