|

काठमाडौं : केही साता पहिले मात्रै छायांकन सकेको फिल्म 'चङ्गा'ले प्रदर्शन मिति तय गरेको छ। निर्माता तथा निर्देशक किशोर भण्डारी 'डिट्ठा साब'ले २०७५ को जेठ २५ लाई अफिसियल रूपमा फिल्मको प्रदर्शन मिति 'लक' भएको जानकारी दिए। 

फिल्मलाई मोफसलमा वितरणको अधिकार एफडी कम्पनीले खरिद गरेको छ। मंगलबार मात्रै फिल्म निर्माण टिम र एफडी कम्पनीबीच वितरण सम्झौता भएको छ। फिल्मको तर्फबाट निर्देशक भण्डारी र एफडी कम्पनीको तर्फबाट अध्यक्ष नरेन्द्र महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यस्तै, फिल्मलाई उपत्यकामा वितरणको अधिकार करण श्रेष्ठको रिच इन्टरटेन्मेन्टले लिएको छ।

हास्य जेनरको यस फिल्मले पारिवारिक तथा सामाजिक कथा बोल्छ। 'चङ्गा'लाई प्रतीकात्मक रूपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि एक ग्रामीण भेगको युवकको जीवनमा आउने उतारचढावलाई जोडिएको छ। 

कन्टिन्यूस मुभी मेकर्स प्रालिको ब्यानरमा बनेको 'चङ्गा'मा बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना 'बुनु मैंचा', अंकित खड्का, लक्ष्मी बर्देवा, प्रेमवर्षा खड्कालगायतको अभिनय रहेको छ। लकी भण्डारी फिल्ममा बाल कलाकारको रूपमा देखिँदै छन्।

यस फिल्मको यतिबेला पोस्ट प्रोडक्सनको काम चलिरहेको छ। रविन आचार्यले खिचेको फिल्ममा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ। कार्यकारी निर्माता प्रकु पाण्डे रहेको फिल्मकी निर्मात्री रेश्मा तिमल्सिना हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.