|

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंगलरबार आह्वान गरेको नेपाल बन्दमा नेकपाका २० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।

प्रहरी प्रवक्ता मनोज न्यौपानेले जबर्जस्ती बन्द गराउँदै हिँड्ने २० भन्दा बढी व्यक्तिलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको बताए। उनले बन्दको खासै प्रभाव नपरेको र जनतालाई त्रसित पार्न बन्दकर्ताले विभिन्न स्थानमा नक्कली बम राखेको बताए।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले राजधानीमा बन्द गराउँदै हिँड्ने ४ जनालाई पक्राउ गरिएको जानकारी दिए।

सिंहदरबार आसपासको क्षेत्रबाट ३ र गौशालाबाट १ जना पक्राउ गरेको उनले बताए। राजधानीमा बन्दको कुनै प्रभाव नपरेको तथा सर्वसाधारणको अन्य दिन झैँ सामान्य दैनिकी चलेको उनको भनाइ छ।

यसैबीच, नेकपाका महासचिव चन्दले विज्ञप्ति जारी गर्दै देशभरबाट सयौँ नेता तथा कार्यकर्ता पक्राउ गरिएको उल्लेख छ। पक्राउ नेता तथा कार्यकर्ता तुरुन्त रिहा गर्न महासचिव चन्दले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.