|

रूपन्देही: विभिन्न हत्यामा स‌ंलग्न मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। पुनका साथै उनका सहयोगी सोम आले पनि मारिएका छन्। रुपन्देहीमा आतंक मच्चाउँदै आएका 'मोष्ट वान्टेड' गुण्डा नाइके उनी प्रहरी इन्काउन्टरमा माारिएका हुन्। 

बुधबार बिहान रुपन्देहीको देवदहमा उनी प्रहरीको गोलीबाट माारिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी घनश्याम अर्यालले पुष्टि गरे। 

रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीका पुनलाई पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो। देवदह नगरपालिका–४ भवानीपुरमा प्रहरी र उनको आज बिहान साढे ३ बजे जम्काभेट भएको थियो। 

३ वर्षदेखि 'मोष्ट वान्टेड'को सूचीमा रहेका उनी प्रहरीको गोली लागेर घाइते भएका थिए। उनको लुम्बिनी अञ्चल अस्पतालमा ल्याएपछि मृत्यु भएको ज्ञवालीले बताए। पुनसँगै उनका सहयोगी सोम आलेको पनि मृत्यु भएको छ। 

गत वर्ष देवदहमा युवा संघका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या, गत असोजमा काठमाडौंमाा व्यवसायी शरदकुमार गौचनको हत्यामा उनको संलग्नता रहेको प्रहरीले बताएको थियो। यस्तै गत पुस २२ गते उनले देवदहमा वसन्त पौडेलको हत्या गराएका थिए। 

नेपाल प्रहरीको सीआईबीसहितको टोली केही दिनदेखि उनको खोजीका लागि खटिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.