|

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ मन्त्रलाय रहने भएका छन्। यसअघि सामान्य प्रशासन मन्त्रालयले १५ मन्त्रालय राख्न प्रस्ताव गरेको थियो। प्रस्ताव संशोधन गरिसकेको प्रधानमन्त्री कार्यालयले अब मन्त्रिपरिषद्मा निर्णायर्थ पेस गर्दैछ।

आर्थिक वृद्धि तथा समृद्धि, मानव विकास, शासकीय क्षेत्र र अन्तर्राष्ट्रियसम्बन्धी गरी चार आधारमा मन्त्रालयाको नयाँ खाका तयार पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।

मुख्यसचिव लोकदर्शन रेग्मीको सचिवालयले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मन्त्रालयको १८ पुर्‍याएको जनाएको छ। यसअघि समान्यले पनि यिनै चार आधारमा प्रशासनविद्हरुको सहयोगमा केन्द्रमा १५ मन्त्रालय उपयुक्त हुने प्रस्ताव गरेको थियो। मुख्यसचिवको सचिवालयका अनुसार यसअघि प्रस्ताव गरिएको १५ मन्त्रालयको आकार ठूलो भएकाले मन्त्रालयको संख्या बढाउनु परेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.