|
.travelherway.com

काठमाडौं : निजी आन्तरिक वायुसेवा कम्पनी सीता एयरको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान साढे १० बजे पर्यटकीय गन्तब्य लुक्लाका लागि उड्यो।

कलसाइन ९एन एजेएच भएको डोर्नियर २२८ सिरिजको उत्त जहाजमा १२ यात्रु थिए। सीता एयरका इन्जिनयरले सबै प्राविधिक जाँच गरेपछि उडेको उक्त जहाजलाई वरिष्ठ क्याप्टेन रविन गाैचनको कमान्ड गरेका थिए। चालकदलमा को–पाइलट सुभाष पन्थी र एयरहोस्टेस समीक्षा खड्का थिए। 

अठार सिटको उक्त जहाज काठमाडौंबाट उडेको २० मिनेट भएको थियो। त्यसबेला जहाजमा प्रेसर प्यारामिटर ह्वातै तल झरेपछि चालक दलले एउटा इन्जिन तुरुन्त बन्द गरिहल्नुपर्छ र बाँकी एक इन्जिनका भरमा सुरक्षित अवतरण गराउनुपर्छ। तर, यो काम असाध्यै चुनौतीपूर्ण र सुझबुझका साथ गर्नुपर्छ। चालकले दायाँबायाँ इन्जिन बन्द गरेर जहाज काठमाडौंतिर फर्कायो।

उडानमा लामा अनुभव सँगाललेको चालकदले बाँकी एउटा इन्जिनका भरमा जहाजलाई बीच बाटोबाटै फर्काएर काठमाडौंमै सकुशल अवतरण गरायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.