|

हुम्ला\डोल्पा : देशका ७५ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका भए पनि कर्णालीका हुम्ला र डोल्पामा अझै मोटरबाटो पुग्न सकेको छैन। बजेट भाषणमा अर्थमन्त्रीले ‘यसै वर्ष हुम्ला र डोल्पामा सडक पुर्याउने लक्ष्य राखिएको छ’ भन्न थालेको वर्षौं बिते पनि यथार्थ भने भिन्न छ। 

अपर्याप्त बजेट, जटिल भौगोलिक संरचना र सुस्त निर्माणले अझै केही वर्ष गाडी हुइँकिन मुस्किल छ। हिल्सा–सिमकोट सडक आयोजना कार्यालयले छारे–खार्पुनाथ सडकखण्ड निर्माणका लागि टेण्डर आह्वान गरेको छ। हिल्सा सडक आयोजनाका अनुसार ४६.९० किलोमिटरका लागि टेण्डर आह्वान गरिएको हो। निर्माणका लागि सेनाको हेलिकोप्टरबाट सर्केगाड गाउँपालिकामा स्काभेटर पुर्‍याइएको छ।

यता राष्ट्रिय सडक सञ्जालमा जोडिन पनि सल्लीसल्लाबाट दार्मासम्मका लागि १४ किलोमिटर सडक निर्माण भइरहेको छ। ग्रामीण पहुँच कार्याक्रमले सल्लीसल्लाबाट तीन वर्षअघि निर्माण सुरु गरेको हो। त्यस्तै गल्फादेखि श्रीनगरसम्म १२ किलोमिटर सडक निर्माण गरी अदानचुली गाउँपालिकामा सडक पुर्‍याउने ग्रामीण पहुँच कार्यक्रमले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.