|

चेल्सी घरेलु मैदानमा भएको च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल प्रवेशको महत्वपुर्ण खेलमा बार्सिलोनासँग १-१ गोलको बराबरीमा रोकिएको छ। बार्सिलोनाका लागि पहिलो लेगमा महत्वपुर्ण अवे गोल लियोनेल मेसीले सम्भब बनाए।

चेल्सी विरुद्धको नवौं च्याम्पियन्स लिग खेलमा मेसीले पहिलो गोल गरे। बार्सिलोना र चेल्सीले पहिलो हाफमा राम्रा अवसरका बाबजुत गोल गर्न सकेनन्। तर दोस्रो हाफको ६२ औं मिनेटमा चेल्सीका ब्राजिलियन स्टार विलियनले इडन हजार्डको पासलाई सदुपयोग गर्दे चेल्सीलाई पहिलो अग्रता दिलाए। तर चेल्सी विरुद्ध खेलमा फर्कने क्रममा इनिएस्टाको आकर्षक पासलाई मेसीले ७५ औं मिनेटमा सदुपयोग गरेपछि पहिलो लेगमा दुबै टिमले बराबरी खेलेका थिए। दोस्रो लेग बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा १४ मार्चमा हुने छ।

बार्सिलोनाका लागि लुईस स्वारेज, मेसी, कोउन्टीन्होले गोलका निकै राम्रा मौका पाएपनि गोल गर्न असफल भए। चेल्सीका केहि आकर्षक प्रहार पोलमा लागेर बाहिरिनु दुर्भाग्य पुर्ण रहेको थियो। पहिलो लेगको बराबरीले चेल्सीलाई घाटा भएको छ। यदि दोस्रो लेगमा गोलरहित बराबरी भएमा बार्सिलोना अवे गोलका कारण अन्तिम ८ मा प्रवेश गर्ने छ। बार्सिलोना स्टामफोर्ड व्रिजमा २००६ यता जित निकाल्न सकेको छैन्। च्याम्पियन्स लिगमा स्टामफोर्ड व्रिजमा खेलेका ७ खेल मध्ये बार्सिलोनाले एक खेलमा मात्र जित निकालेको छ भने दुई खेलमा बराबरीको नतिजा निकाल्दा अन्य चार खेलमा हारको सामना गरेको छ।लियोनेल मेसीले च्याम्पियन्स लिगमा इंग्लिस क्लब विरुद्धको गोल संख्या १८ पुर्याएका छन् । उनले २७ खेलम उक्त सफल्ता हात पारेका हुन्। साथै उनले अघिल्ला ८ भिडन्तमा चेल्सी विरुद्ध गोल गर्न नसकेको खराव इतिहासको पनि अन्त गरेका छन्। मेसीले बार्सिलोनाबाट गोल गरेको क्लबमा चेल्सी ७१ औं क्लबका रुपमा रहेको छ।

लुईस स्वारेज भने च्याम्पियनस लिगमा गोल गर्न सर्वाधिक लामो समय चुकेका छन्। उनले पछिल्लो समय मार्च २०१७ मा पिएसजी विरुद्ध गोल गरेयता गोल गर्न सकेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.