|
खानेपानी प्रशोधन तथा संकलन केन्द

  • भबिन कार्की

संखुवासभा : जिल्लाको बृहत् खानेपानी आयोजना सम्पन्न भए सदरमुकाम खाँदबारीवासीले खोनेपानीको चरम अभाव व्यहोर्दै आएका छन्। ठेकेदार कम्पनीले निर्माण कार्य सम्पन्न गरी आयोजना जिम्मा लगाए पनि सदरमुकाम खाँदबारी, मानेभञ्याङका बजार क्षेत्रमा खानेपानीको चरम अभाव छ।

अन्तिम पटक थपिएको म्यादअनुसार ठेकेदार कम्पनीले ०७४ पुस १६ मा आयोजनाको निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियोे। सोहीअनुसार ठेकेदार कम्पनीले आयोजना जिम्मा लगाएको हो।

मकालु गाउँपालिका–५ मांसिमामा रहेको सिमाली खोलाबाट खानेपानी ल्याएको हो। सिमाली खोलाबाट ३५ किलोमिटर तल रहेको चिचिला गाउँपालिकाको कुवापानीमा खानेपानी प्रशोधन तथा संकलन केन्द्र निर्माण गरिएको छ। तर, उपभोक्ताले भने पिउन पाएका छैनन्।

उपभोक्ताको ५० प्रतिशत लगानी रहेको उक्त आयोजना ०७० देखि निर्माण सुरु भएको थियो। उपभोक्ताले मुख्य पाइपलाइन देखि धारा जडान गर्दाको दूरीका हिसाबले पाँचदेखि २५ हजार रुपंैयाँ भुक्तानी गरेको खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव डिल्लीराम श्रेष्ठले बताए। त्यसरी संकलन गरिएको रमक अपुग भएपछि ४५ प्रतिशत रकम खाँदबारी नगरपालिकाअन्तर्गत नगर विकास कोषबाट ऋण लिइएको सचिव श्रेष्ठले जानकारी दिए।

आयोजना ३४ करोड ८३ लाख रुपैंयाँमा सिनोटेक र आशिष कन्ट्रक्सनलाई ठेक्का दिइएकोे हो। तर समयमै काम सम्पन्न नभई पटक पटक सम्झौता गरी म्याद थपिएकाले पहिलो सम्झौता भएको रकममा २५ प्रतिशत मूल्य समायोजन गर्दा ३७ करोड ७५ लाख रुपैयाँमा आयोजना सम्पन्न लागेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.