|

बारा : कलैया उपमहानगरपालिका–३ सिद्धेश्वरमा रहेको जिल्लाको एक मात्र ताराचन्द पेवेलियन क्रिकेट रङ्गशाला सम्बन्धित निकायको लापरवाहीले गर्दा जीर्ण बन्दै गएको छ।

०६४ मा स्थापना भएको राष्ट्रियस्तरको उक्त रङ्गशालाको प्याराफिट, नेट, अभ्यास गर्ने ठाउँ जीर्ण भएका छन्। सम्बन्धित निकायको उचित संरक्षणका अभावमा मैदान जीर्ण अवस्थामा पुगेको हो।

रङ्गशाला जीर्ण हुनुमा सरकारले रङ्गशाला स्तरोन्नतिमा ध्यान नदिएको बारा क्रिकेट संघका सचिव पंकज पाण्डेको आरोप छ। ‘कसैको प्राथमिकतामा नपर्दा स्रोतसाधन अभाव भएको छ।’ सचिव पाण्डेले भने, ‘पिच र फिल्ड वीरगन्ज मकवानपुरबाट क्युरेटर मगाएर बनाउने गरिएको छ।’ 

सरकारले वास्ता नगर्दा रङ्गशाला जीर्ण बनेको क्रिकेट संघले बताए पनि खेलाडीले भने संघको लापरवाही भएको आरोप लगाउँछन्। रङ्गशालामै टेन्ट, त्रिपाल, झुलुवा राखेर मेला आयोजना गर्दा पिन संघ मुकदर्शक बन्ने गरेको छ। जसले गर्दा रङ्गशाला झन् जीर्ण बनेको हो ।

रङ्गशाला जीर्ण भएपछि खेलाडीलाई अभ्यास गर्न समस्या पर्दै आएको छ। यु–१६ का खेलाडी तीर्थराज दासले मैदानलाई आफैंले खेल्ने योग्य बनाई अभ्यास गर्दै आएको गुनासो गरे।’

राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास, राष्ट्रिय खेलाडी संजम रेग्मी, कनिष्ठ चौलागाईंजस्ता राष्ट्रिय खेलाडी उत्पादन गरेको रङ्गशाला दिनदिनै जीर्ण बन्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.