|
बीबीसी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अत्याधुनिक हतियार प्रयोगमा प्रतिबन्ध लगाउने नीतिमा हस्ताक्षर गरी ह्वाइट हाउसस्थित न्याय विभागलाई कानुन निर्माणमा अघि बढ्न निर्देशन दिएका छन्। 

पछिल्लो समय भइरहेका बन्दुक आक्रमणका घटनालाई लिएर चौतर्फी आलोचना भएपछि ट्रम्पले नीति परिवर्तन गर्न यस्तो निर्देशन दिएको अन्तर्राष्ट्रिय समाचारसंस्था बीबीसीले उल्लेख गरेको छ। उनले नयाँ कानुन निर्माण चाँडो बनाउन पनि महान्यायाधीवक्तालाई निर्देशन दिएका छन्।  

गत साता फ्लोरिडामा विद्यालयका एक छात्रले अन्धाधुन्ध गोली चलाएको भन्दै ट्रम्पले बालबालिकालाई थप सुरक्षाको खाँचो रहेको समेत बताएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.