विश्व

समुन्द्रमा पाइने ७३ प्रतिशत माछामा प्लाष्टिक !
SHARES

फागुन ९, २०७४

    उत्तरपश्चिम एटलान्टिक महासागरको गहिराइमा पाइने माछाका प्रजातिका झण्डै दुईतिहाई नमूनामा वातावरणीय प्रदूषणमा महत्वपूर्ण भूमिका रहने गरेको प्लाष्टिकका कणहरू भेटिएको एक अध्ययनले देखाएको छ। 

    यो सामुद्रिक जीवमा प्लास्टिकको अत्यधिक मात्रा पाइएको विश्वका केही उदाहरणमध्ये एक हो।  उक्त समुद्रमा पाइने माछाका अधिकांश (७३ प्रतिशत) माछाको पेटमा साना साना प्लाष्टिकका टुक्रा भेटिएको हालै सार्वजनिक एक अध्ययनमा जनाइएको छ। 

    अध्ययनका लागि नमूनामा लिइएको ४.५ सेन्टिमिटर धब्बावाल ‘ल्यान्टनफिस’मा करिब १३ टुक्रा प्लाष्टिक भेटिएको आएरल्याण्ड गालवे विश्वविद्यालयका अनुसन्धानमा सम्लग्न वैज्ञानिकहरूले जनाएका ‘फ्रन्टियर्स इन मरिन साइन्स’ नामक पत्रिकाको मङ्गलबार प्रकाशित अङ्कमा जनाइएको छ। 

    विज्ञहरूले अनुसन्धानका लागि एटलान्टिक महासागरकोे करिब ६०० मिटर गहिराइबाट ३.५ सेन्टिमिटर देखि ५९ सेन्टिमिटरका २३३ माछालाई नमूना बनाइएको थियो। तीमध्ये ७३ प्रतिशत माछामा अत्यधिक प्लाष्टिकको मात्रा भेटिएको थियो। यो माछाको अस्तित्वमा नै प्रभाव पार्ने गरी भेटिएको अत्यधिक प्लाष्टिकको मात्रा हो। 

    समुद्रमा पुगेका प्लाष्टिकका सामग्री खासगरी प्लाष्टिकका झोलालाई माछा, डल्फिन, सिल, तथा सामुद्रिक क्षेत्रमा पाइने पक्षीजगत् लगायतका सामुद्रिक जनावरले खानाको अभावमा टुक्राएर खाने गरेको पाइएको अध्ययनले जनाएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]