|

रुपन्देही : केही वर्षयता हत्या, अपहरण र फिरौतीजस्ता ठूला आपराधिक घटनामा संलग्न रुपन्देहीका मनोज पुनका नामले चर्चित मनोजबहादुर बुढामगर बुधबार बिहान प्रहरी इन्काउन्टरमा मारिएका छन्।

घटनास्थलमा प्रहरीले रगतका टाटा माटोले पुरेको छ।

पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन्। रुपन्देहीमा आतंक मच्चाउँदै आएका र प्रहरीको 'मोष्ट वान्टेड' सूचीमा रहेका गुण्डा नाइके पुन प्रहरी इन्काउन्टरमा मारिएका हुन्।  

रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो।

बुधबार बिहान साढे ३ बजे देवदह नगरपालिका–४ भवानीपुरमा प्रहरी र उनको जम्काभेट भएको थियो। 

प्रहरीको गोली लागेर उनी घाइते भएका थिए। घाइते उनको लुम्बिनी अञ्चल अस्पतालमा ल्याएपछि मृत्यु भएको ज्ञवालीले बताए। पुनसँगै उनका सहयोगी सोम आलेको पनि मृत्यु भएको छ।

पढ्नुहोस् :

हेर्नुहोस्, मनोज पुन र सोम आलेको इन्काउन्टर भएको ठाउँ:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.