|

बाँके : २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ।

आउने वर्ष नेपालगञ्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि लोगोसहित नारा र मस्कट हात्तीको छावा सार्वजनिक गरिएको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले लोगो, गीत, नारा र मस्कट सार्वजनिक गरेका हुन् । आठौँ राष्ट्रिय खेलकुदको नारा ‘आठौँ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ तय भएको छ।

यसैबीच बाँकेको खजुरा गाउँपालिका सीतापुरमा सुविधासम्पन्न भलिबल रंगशाला बन्ने भएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भलिबल खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव विष्टले मंगलबार सो रंगशालाको शिलान्यास गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.