|

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले एक लाख बराबरको अक्षयकोष स्थापना गरेका छन्। नगरप्रमुख ओझाले आफ्ना स्वर्गीय पिता पदमराज ओझाको ४५ दिनको पुण्यतिथिको अवसरमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन्।

जिल्लाको अमरगढी नगरपालिका ८ मा रहेको भागेश्वर माध्यामिक विद्यालयका लागि ‘दिकपर अक्षयकोष’ नाम दिएर अक्षयकोष स्थापना गरेको नगरप्रमुख ओझाले बताए। अक्षयकोषबाट प्राप्त व्याजले उक्त विद्यालयका गरिब र जेहेनदार विद्यार्थीलाई प्रत्येक वर्ष शैक्षिक सामग्री र पुरस्कार वितरण गरिने उनले बताए।

नगरप्रमुख ओझाका पिता स्वर्गीय पदमराज ओझा २००७ सालदेखि संस्थापक शिक्षक भएर ७ वर्ष उक्त विद्यालयमा काम गरेका थिए। उनले केही वर्ष उक्त विद्यालयमा निःशुल्क सेवासमेत अध्यापन गरेका थिए। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएर तीन कार्यकाल उक्त विद्यालयको नेतृत्व गर्ने अवसर उनले प्राप्त गरेका थिए। उनी यस क्षेत्रकै अभिभावक, जोतिसशास्त्र र कर्मकाण्डका ज्ञातासमेत थिए। उनको २०७४ पुस २१ गते ८२ वर्षको उमेरमा स्वर्गारोहण भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.