|

काठमाडौं : अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी २१ तारिकका दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ।

मातृभाषा दिवसका अवसरमा काठमाडौंमा पनि विभिन्न भाषा र संस्कृति झल्कने गरी प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ।

नेपाल प्रजा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय मातृभाषा कविता महोत्सव पनि आयोजना गरिएको छ। नेपालमा हाल १ सय २३ वटा भाषालाई संविधानले मातृभाषाको मान्यता दिएको छ।

सबै भाषाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना गरिएको प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले जानकारी दिए।

विश्वका विभिन्न भाषा तथा संस्कृतिको विविधतासँगै बहुभाषाको प्रयोगलाई बढावा दिन यो दिवसलाई विशेष महत्वका साथ मनाउने गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.