काठमाडौं : नेपाली कांग्रेसले बिहीबार बिहान बोलाएको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित गरेको छ।
कार्यसम्पादन समितिमा छलफल गर्नुपर्ने विषयको तयारी नगरी बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको थियो। बैठकमा छलफल गर्नुपर्ने विषयमा आन्ततिक तयारी नभएकाले बैठक स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
‘नेताहरूबीच आन्तरिक परामर्श गरेर पार्टी संसदीय दलको विधान परिमार्जनसहित पारित गर्नुपर्ने आवश्यकता थियो’, प्रवक्ता शर्माले थाहाखबरसँग भने, ‘त्यसका लागि आगामी फागुन १२ गते दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीका राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यको संयुक्त बैठक बोलाइएको छ।’
संघीय संसदका सदस्यहरूले संसदीय दलको विधान पारित गर्ने र संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल गर्ने भएका छन्। प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा १३ गरी नेपाली कांग्रेसका ७६ सांसद संघीय संसदका सदस्य छन्। संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह र पूर्व उपसभापति प्रकाशमान सिंहले आकांक्षा राखेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।