हेटौँडा : विभागीय टिम त्रिभुवन आर्मी क्लब सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा जारी टुबोर्ग हेटौँडा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
वन विज्ञान अध्ययन संस्थाको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै आर्मीले फाइनल यात्रा तय गरेको हो।
आर्मीका लागि खेलको ९०औँ मिनेटमा जर्जप्रिन्स कार्कीले गरेको गोल निर्णायक सावित भयो। बुधबारको खेलको म्यान अफ द म्याच आर्मीका विमल पाण्डे घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे।
बिहीबार फाइनल यात्रा तय गर्न नेपाल पुलिस क्लब र संकटा क्लवबीच प्रतिस्पर्धा हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।