|

काठमाडौं : उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालय तहसम्म अध्ययन गर्ने १ हजार ५०० नेपाली विद्यार्थीमाझ आयोजित ‘पाकिस्तानी राजदूत वक्तृत्वकला तथा निबन्ध लेखन प्रतियोगिता’का विजयी विद्यार्थीलाई बुधबार पदक तथा पुरस्कार प्रदान गरिएको छ।

नेपालका लागि पाकिस्तानका राजदूत डा. मजहर जावेदले पाकिस्तानले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै नेपाली युवालाई शिक्षा र स्वास्थ्यका क्षेत्रमा पाकिस्तानले निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गरे।

नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संगठनका अध्यक्ष हिमालय शम्शेर राणाले लेखन र अभिव्यक्तिजस्ता सिर्जनात्मक कामबाटै प्रतिस्पर्धात्मक विश्वमा युवा पुस्ताले आफूलाई काबिल तुल्याउनुपर्ने बताए। 

कार्यक्रममा वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीलाई क्रमशः ४० हजार, ३५ हजार र ३० हजार रुपैयाँ नगदका साथ स्वर्ण, रजत र कास्य पदक प्रदान गरिएको थियो।

त्यसैगरी, निबन्ध प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीलाई पनि क्रमशः ४० हजार, ३५ हजार र ३० हजार रुपैयाँ नगदका साथ स्वर्ण, रजत र कास्य पदक प्रदान गरिएको थियो।

दुवै विधाका स्पर्धाका १०-१० जनालाई जनही ५ हजार रुपैयाँ सान्त्वना पुरस्कार पनि प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.