|

भ्रष्टाचारको अभियोगमा प्रधानमन्त्रीबाट बर्खास्त गरिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफविरुद्ध सर्वोच्च अदालतले अर्को फैसला सुनाइएको छ।

सरकारको नेतृत्व गरिरहेको दल पाकिस्तान मुस्लीम लिग — नवाज (पीएमएल—एन) का अध्यक्ष सरिफलाई उक्त दलको नेतृत्वबाट समेत बर्खास्त गरेको छ।

बुधबार सर्वोच्च अदालतले एक फैसला गर्दै सरिफलाई उक्त दलको अध्यक्षका रुपमा कुनै पनि निर्णय नलिन र लिए पनि उक्त निर्णय गैर कानुनी हुने भनेको छ।

यो फैसला सर्वोच्चका ३ न्यायाधीशहरूको बेन्चले गरेको हो। जुन बेन्चको नेतृत्व पाकिस्तानका प्रधानन्यायाधीश मेन साक्विब निसारले गरेका थिए।

जेलमा राखिएका कुनै पनि व्यक्तिले कुनै पनि आधिकारीक दस्तावेजहरुमा हस्ताक्षर गर्न नमिल्ने भएकाले सरिफले अध्यक्षका रुपमा औपचारिक रुपमा कुनै पनि निर्णय गर्न र अध्यक्षका रुपमा काम गरिरहन नमिल्ने प्रधा न्यायाधीश निसारले बताए।

यसअघि गत वर्ष पनि पुनरावेदन अदालतले सरिफलाई भ्रष्टाचार मुद्दामा अयोग्य ठहर गरिसकेको थियो।

पुनरावेदन अदालतको निर्णयले आउँदो मार्च ३ मा हुने पाकिस्तानी सिनेटको निर्वाचनलाई पनि प्रभावित पार्ने बताइएको छ।

सरिफले आफ्नो पार्टी विरुद्ध राजनीतिक षडयन्त्र भएको बताएका छन्। उक्त फैसलापछि सरिफ नयाँ रणनीति बनाउन लागेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.