|

काठमाडौं : सरकारी बक्यौता नबुझाउने एक सय १९ जनाको तीनपुस्ते विवरण सार्वजनिक भएको छ। महालेखा नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखि अर्बौं रुपैयाँ बक्यौता नबुझाने एक सय १९ जनाको तीनपुस्ते सार्वजनिक गर्दै ३५ दिनभित्र रकम नतिरे कारबाही गर्ने भएको हो।

महालेखाका अनुसार बक्यौता नबुझाउनेमा पूर्वप्रधानमन्त्रीदेखि सांसद र व्यापारीका सन्तान, उद्योगी, व्यवायी र कर्मचारी छन्। उनीहरुलाई चिठी लेखेर घरमै पठाँउदा पनि प्रतिक्रिया नआएपछि महालेखाले बुधबार बक्यौता नतिर्नेको तीनपुस्ते विवरण सार्वजनिक गरेको हो। उनीहरुलाई ३५ दिनभित्र बाँकी रकम तिर्न अल्टिमेटम दिइएको छ। 

महालेखा नियन्त्रक रामकुमार आचार्यका अनुसार महालेखाले सार्वजनिक गरेका एक सय १९ जनाको विवरणमा राणा प्रधानन्त्री भीमशमसेर र पद्मशमशेरका परिवारसमेत छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.