|

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रूपमा रहिरहन नमिल्ने फैसला गरेको छ। सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजको अध्यक्षका रूपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले ठहर गरेको हो।

प्रधानन्यायाधीन मेन साक्विब निसारको इजलासले यो फैसला गरेको हो। जेलमा राखिएका कुनै पनि व्यक्तिले आधिकारिक दस्तावेजमा हस्ताक्षर गर्न नमिल्ने भएकाले सिरिफले अध्यक्षका रूपमा कुनै पनि निर्णय गर्न र काम गरिरहन नमिल्ने अदालतको ठहर छ।

यसअघि गतवर्ष सर्वोच्च अदालतले नवाज सरिफलाई 'पनामा लिक्स' प्रकरणमा दोषी ठहर गरेको थियो । त्यसपछि प्रधानमन्त्री पदका लागि अयोग्य घोषित सरिफले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। प्रधानमन्त्रीबाट हटिसकेपछि पनि पार्टीले उनलाई अध्यक्ष कायम राखेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.