|

बैतडी : जिल्ला अदालत बैतडीले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजायको फैसला गरेको छ। 

गत साउन ३ मा मेलौली नगरपालिकाकी १६ वर्षीया एक किशाेरीलाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपी पाटन नगरपालिका–१ का १८ वर्षीय भरतराम लुहारलाई जबर्जस्तीकरणीमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजाय सुनाएको छ।

सोही ठाउँका २७ वर्षीय मनोजराम दयाललाई पनि जन्मकैदको सजाय सुनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.