|

हेटौँडा : हेटौँडामा जारी हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्ने भएका हुन्। फाइनल यात्रा तय गर्न विभागीय टिम पुलिस र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा पुलिसले घरेलु टोली विजय युथ क्लवलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो भने संकटाले थ्री स्टारलाई पराजित गर्दै सेमिफाइनलको यात्रा सुनिश्चित गरेको थियो।

पुलिस र संकटाबीचको खेलको विजेताले उपाधिका लागि त्रिभुवन आर्मी क्बलसँग खेल्ने छ। फाइनल खेल शनिबार हुनेछ।

प्रतियोगितामा विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन्। प्रतियोगितामा तीन विभागीयसहित आठ टिमको सहभागिता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.