|

काठमाडौं : डन मारिएका तीनवटै इन्काउन्टरमा प्रहरीको एउटै दाबी छ, ‘प्रतिकारका लागि लागि फायर खोल्दा मारिए।’ तर तीनवटै इन्काउन्टर सन्देहमुक्त भने देखिँदैन। किनकी घटनामा प्रहरीको गोली अभियुक्तको शरीरभरि बर्सिएका देखिन्छन्।

अभियुक्तको फायरले प्रहरीलाई छोएको पनि छैन। पूर्व एआईजी राजेन्द्रबहादुर सिंहले डनमाथि भएका तीनवटै इन्काउन्टरमा शंका गरे। उनले भने, ‘प्रहरीले पछिल्ला दिनमा इन्काउन्टर भन्दै आपराधिक पृष्टभूमिका केही संदिग्ध व्यक्ति मारेको छ। उनीहरूलाई साँच्चै मार्नुपर्ने स्थिति आएर मारिएको हो या अरु कारणले मारिन पुगे।

सिंह भन्छन्, ‘मलाई शंका लाग्छ। किनकी अहिलेसम्म कुनै पनि इन्काउन्टरको उच्चस्तरीय छानबिन भएको छैन। विदेशमा पनि इन्काउन्टरका नाममा हत्या हुने गर्छन्। छानबिनपछि घटनामा संलग्न जेल जान्छन्।’

कुन वेला हुन्छ इन्काउन्टर ?
पूर्वएआईजी सिंहका अनुसार नेपालको कानुननले इन्काउन्टर सम्बन्धमा बोलेको छैन। तर प्रहरीले जीवन रक्षाका लागि गोली हान्न सक्छ। त्यसबाहेक विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन गर्ने क्रममा कसैबाट गोली तथा कुनै हतियार प्रयोग हुने स्थिति आए त्यसबेला पनि जीवन रक्षाका लागि प्रहरीले गोली प्रहार गर्न सक्छ। प्रहरीलाई मन लागेका बेला इन्काउन्टर गर्ने छुट कानुनले दिँदैन। 

गोवामा पक्राउ नेपालमा गोली !
 मनोज पुनलाई भारतको गोवामा केही दिनअघि नै पक्राउ गरेर ल्याइएको र बुधबार बिहान गोली हानिएको चर्चा छ । तर, रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली भन्छन्, ‘खोज्दै जाँदा देवदहको मुख्य सडकमा जम्काभेट भयो, उनीहरूले फायरिङ गरे।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.