|

धनुषा : प्रदेश २ को प्रदेशसभा बैठक बिहीबार बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने कार्यसूची छ।

संविधानको धारा १ सय ६८ को उपाधारा ४ बमोमिज मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। संघीय समाजवादी फोरमका संसदीय दलका नेता  राउत राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा फागुन २ मा मुख्यमन्त्री नियुक्त भएका हुन्।

मुख्यमन्त्री राउतले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेसलाई पनि औपचारिक आग्रह गरेका छन्। बैठकको सुरुमा मुख्यमन्त्री राउतले सम्बोधन गरेपछि अन्य सांसदहरुले धारणा राख्नेछन्।

त्यसपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले जवाफ दिएपछि सभामुखले मतदान आह्वान गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.