|

पर्वत:  धौलागिरि गाउँपालिका वडा नं. १ गुर्जाबाट रुघाचौर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ। गुर्जा हुँदै ढोरपाटन शिकार आरक्ष जानको लागि प्रयोगमा आउने गुर्जाबाट रुघाचौरसम्मको पुरानो डोरेटो बाटोलाई स्तरोन्नती गरि पदमार्ग निर्माण सुरु गरिएको हो। 

पदमार्ग निर्माणको लागि धौलागिरि गाउँपालिका कार्यालयले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त पदमार्ग गुर्जाको दोप्टाबाट निर्माण सुरु भएर रुघाचौर – गुर्जाघाट हुँदै ढोरपाटनमा  जोडिएको छ।

वडा अध्यक्ष झकबहादुर छन्त्यालका अनुसार निर्माण सुरु गरिएको एक साताको अबधिमा करिब २ किलोमिटर पदमार्ग निर्माण सम्पन्न भैसकेको छ भने अब झण्डै १० किलोमिटर पदमार्ग निर्माण गर्न बाँकी छ। 

रुघाचौरबाट अन्नपूर्ण र धौलागिरि रेन्जका दर्जनौ हिमश्रृङखलाहरुको अवलोकन गर्न सकिने भएकाले उक्त पदमार्ग निर्माण सम्पन्न भएपछि पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरीएको छ ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.