|

अमेरिकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरले रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै बच्चा जन्माएकी छिन्। 

उनको प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको थियो। उनी कार्यक्रम चलाउँदै थिइन्। कार्यक्रम चलाउँदा चलाउँदै उनलाई प्रसव पीडा सुरु भयो। उनलाई तत्काल अस्पताल पुर्‍याइयो। अस्पतालभित्रैबाट पनि उनी सुत्केरी भएको प्रत्यक्षण प्रसारण गरियो। रेडियो स्टेशनले अस्पतालको शय्याबाट पनि पत्यक्ष प्रसारणको व्यस्था मिलाएको थियो।

अन्तर्राष्ट्रिय समाचारसंस्था बीबीसीसँग कुरा गर्दै प्राक्टरले भनेकी छन्  यो मेरालागि एक शानदार अनुभव हो। सुत्केरी हुने भनेर डाक्टरले दिएको मितिभन्दा पहिले नै प्रसव पीडा सुरु भयो। त्यसैले अचानक कार्यक्रमको पनि तयारी गर्नुपर्‍यो ।

उनको बच्चको नाम पनि स्रोताले नै राखिदिएका छन्। बच्चाको नाम जेमसन राखेका छन्। यो नाम पनि स्रोताहरूबाटै सुझाव लिएर राखिएको हो। बच्चाको नाम के राख्ने भनेर रेडियोमा भोटिङ गरिएको थियो। 'सबैभन्दा धेरै स्रोताहरुले रोजेको आधारमा बच्चाको नाम जेमसन राखिएको हो', उनले भनिन्। 

प्राक्टर अहिले रेडियो कार्यक्रमबाट टाढा छिन्। उनी केही दिनका लागि सुत्केरी विदामा छिन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.