|

काठमाडौं : बलिउड अभिनेता टाइगर श्रफ स्टारर फिल्म ‘बागी २’ को ट्रेलर हिजो मात्र सार्वजनिक भएको थियो। सार्वजनिक भएको केही घण्टामै ९९ सय लाख ४६ हजार बढि भ्युज पाएको ट्रेलरमा २२ हजार पाँच सयभन्दा बढी कमेन्ट छन्। युट्युबमा उक्त ट्रेलरलाई २ लाख ४२ हजारले लाइक गरेका छन्।

त्यस्तै अहिले उक्त ट्रेलर नेपाल युट्युब ट्रेन्डिङको नम्बर एकमा छ। ट्रेलरमा टाइगर जर्बजस्त एक्सन अवतारमा देखिएका छन्। रोनीको भूमिकामा देखिएका उनको लुक निकै धमाकेदार छ।  

यो फिल्ममा दिशा पटानीको पनि मुख्य भूमिका रहेको छ। मनोज वाजपेसी, दीपक डोबरियाल र रणदीप हुड्डा पनि फिल्मका मुख्य कलाकार हुन्।

अहमद खानले निर्देशन गरेको ‘बागी २’ लाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन्। ‘बागी २’ आउँदो मार्च ३० अर्थात चैत १६ मा रिलिज हुँदैछ।

हेर्नुहोस् ट्रेलर :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.