|

फ्लाइंग अफिसर अवनी चतुर्वेदीले मिग-२१ फाइटर जेट एक्लै उडाउने कीर्तिमान आफ्नो नाममा लेखाएकी छिन्। यसअघि सन् २०१६ मा उनी सम्मिलित ३ सदस्यीय महिला टोली इन्डियन एयरफोर्सको इतिहासमा पहिलो महिला फाइटर पाइलट बनेर कीर्तिमान राख्‍न सफल थियो।

त्यतिबेला बिहारकी भावना कान्त र गुजरातकी मोहना सिंहले पनि उनीसँगै यो इतिहास रचेका थिए। मध्यप्रदेश रीवा घर भएकी अवनीले सोमबार गुजरातको जामनगर एयरवेसबाट मिग-२१ को उडान भरेकी हुन्।

मिग-२१ रुसमा बनेको फाइटर प्लेन हो। एयरफोर्सका प्रवक्ता तथा फाइटर पाइलट अनुपम बेनर्जीले अवनीको कदमलाई फाइटर पाइलट बन्‍नका लागि महिलाको पहिलो कदम भनेका छन्। अवनीले हैदरावादके एयरफोर्स एकेडेमीबाट तालिम लिएकी थिइन।

उनले मध्यप्रदेशको शहडोल स्कुलमा प्रारम्भिक अध्ययन गरेकी थिइन् भने सन् २०१४ मा राजस्थानको वनस्थली विश्वविद्यालयबाट आईटीमा स्‍नातक गरेको थिइन्।  त्यसपछि उनी एयरफोर्समा भर्ती भएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.