|

तनहुँ : दाङ विजौरिया १ घर बताउने ३४ वर्षका वेदराज डाँगी र लम्जुङ राइनास नगरपालिका– ८ घर बताउने ३३ वर्षका विष्णु सापकोटा जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।

फागुन ४ गते ना५ख ५३६८ नम्बरको बसमा लमहीबाट काठमाडौं जाने भनी चढाएर लिई आउने क्रममा २१ वर्षकी एक युवतीलाई बसमै जबर्जस्ती करणी गरेको आरोपमा डाँगी र सापकोटा पक्राउ परेका हुन्।

पीडित महिलाले इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँमा फागुन ५ गते बिहान मौखिक उजुरी गरेपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिन र जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा बस नम्बरको आधारमा चालक सापकोटा र सहचालक डाँगीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए।

प्रहरी उपरीक्षक जोशीका अनुसार उनीहरूलाई चितवनको नारायणगढ बजारबाट पक्राउ गरिएको हो। उनीहरूविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी तनहुँ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको जोशीले जानकारी दिए।

उक्त बस मुग्लिनबाट काठमाडौंतर्फ नलागी तनहुँतर्फ ल्याएर आँबुखैरेनी गाउँपालिका– २ ऐनापहरा नजिक पुगेपछि महिलालाई बसका सहचालक डाँगीसमेतले बसभित्रै जबर्जस्ती करणी गरी बससहित चितवन नारायणगढतर्फ भागी फरार भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.