|

कालीकोट : खानेपानीको चरम अभाव खेपिररहेको कालीकोटको पलाँतामा एक घर एक धारा निर्माण अभियान थालिएको छ। खानेपानीको सहज पहुँच पुर्‍याउन एक घर एक धारा अभियान थालिएको हो।

पहिलो चरणमा पलाँता गाउँपालिकाले वडा नम्बर– ९ मा एक घर एक धारा निर्माण गर्ने तयारी थालेको पलाँता गाउँपालिकाका प्रशासकीय अधिकृत लेखबहादुर क्षेत्रीले बताए। ‘यसै आर्थिक वर्षमा वडा नम्बर– ९ का सबै घरधुरीमा स्वच्छ खानेपानी, शौचालय, करेसाबारी, भाँडा सुकाउने चाङ, महिनावारी व्यवस्थापनलगायतका कामहरू हुनेछन्’, उनले भने, ‘सरकारको दिगो विकास लक्ष्य बुँदा नम्बर ६ लाई सघाउ पुग्ने हेतुले एक घर एक धारा र सरसफाई व्यवस्थापनको कामलाई अघि बढाइएको छ।’

गाउँपालिकाले विकासका कामलाई तीब्रता दिन केही नीतिगत निर्णयसमेत गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। ‘पलाँताका वडा नम्बर १, २, ३, ४, ५ र ६ मा सरकारको वृहत खानेपानी आयोजना, वडा नम्बर ७, ८ र ९ मा खानेपानी तथा सरसफाई प्रवर्द्धनका कामहरू गरिरहेका छन्’, उनले भने, ‘खानेपानी आयोजना र एक नमुना शौचालय निर्माण गर्ने दिगो खानेपानी सरसफाईलाई प्राथमिकता दिइएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.