|

मार्वल स्टुडियोको फिल्म 'ब्ल्याक प्यान्थर'  ले अहिले विश्वभर राम्रो व्यापार गरिरहेको छ। फिल्मको पाँचौ दिनसम्मको व्यापार हेरेर धेरै विश्लेषकहरुले यो फिल्म सर्वाधिक कमाउने हलिउड फिल्ममध्येको एक बन्‍ने पूर्वानुमान गरेका छन्। तर सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड तोड्न सजिलो छैन। ८ वर्षअघि प्रदर्शनमा आएको जेम्स क्यामरुन निर्देशित फिल्म अहिले पनि सबैभन्दा धेरै कमाई गर्ने फिल्मको सुचीमा पहिलो स्थानमा छ। दोस्रो स्थानमा क्यामरुनकै निर्देशनमा बनेको 'टाइटानिक' छ।

विश्वका सर्वाधिक कमाई गर्ने फिल्महरु यसप्रकार छन् :

पहिलो नम्बरमा 'अवतार' छ। सन् २००९, डिसेम्बर १८ मा रिलिज भएको यस फिल्मले २ बिलियन ७ सय ८७ मिलियन अमेरिकी डलरभन्दा बढी कमाई गरेको थियो।

दोस्रो स्थानमा क्यामरुनले नै निर्देशन गरेको 'टाइटानिक' छ। सन् १९९७ मा रिलिज भएको यस फिल्मले २ मिलियन १ सय ८७ मिलियनभन्दा धेरै कमाई गरेको थियो। २ बिलियन डलरको क्बलमा सहभागी अर्को फिल्म 'स्टार वार्स : द फोर्स अवेकन्स' हो । सन् २०१५ मा रिलिज भएको यस फिल्मले २ बिलियन ६८ मिलियन कमाई गरेको थियो।

यी ३ बाहेक अन्य कुनै पनि फिल्मले २ बिलियनको व्यापार गर्न सकेका छैनन्।

विश्वकै सर्वाधिक आम्दानी गर्ने अन्य फिल्महरुमा क्रमश : जुरासिक वर्ल्ड, द एभेन्जर्स, फ्युरियस ७, एभेन्जर्स एज अफ अल्टर्न, ह्यारी पोर्टर एन्ड द डेथ्ली अलोज- पार्ट २, स्टार वार्स : द लास्ट जेडी र फ्रोजन रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.