|

डोटी : विकास र समृद्धिको यात्रा प्रदेश ७ बाट थालनी गर्ने मुख्यमन्त्री त्रिलोचन भट्टले दाबी गरेका छन्। 

मुख्यमन्त्रीमा निर्वाचित भएपछि बिहीबार पहिलो पटक गृह जिल्ला डोटी पुगेका भट्टले अब विकास र समृद्धिमा लाग्ने बताएका हुन्। देशमा स्थायी सरकार बनेसँगै विकासको अभियान प्रारम्भ भएको  भट्टले  बताए। उनले भने, ‘संविधानसभाबाट संविधान जारी भएर कार्यान्वयनको अवस्थामा छ, देशमा स्थानीय, प्रदेश र राष्ट्रिय गरी अब ३ तहका सरकार बनेका छन्। हामीले पनि आफ्नो प्रदेश ७ को सरकार आफै निर्माण गरेका छौँ, अब विकास प्रदेश ७ बाटै सुरु हुन्छ।’

विकासका दृष्टिकोणले सुदूर मानिएको प्रदेश ७ बाटै अब विकासको अभियान सुरु हुने पनि भट्टले बताए। उनले भने, ‘प्रदेश ७ मा हालसम्म विकास नभएको सत्य हो, यस प्रदेशमा अथाह सम्भावना छन्। हामी तिनै सम्भावनालाई उजागर गर्दै विकास र समृद्धिको अभियान प्रारम्भ गर्छाैं।’

मुख्यमन्त्री भट्ट डोटीमा माओवादी केन्द्रले गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा सहभागी भएका थिए। १२ दिनदेखि डोटीको दिपायलमा जारी प्रदेश ७ को प्रादेशिक महोत्सवको समापन कार्यक्रममा सहभागी हुनका लागि मुख्यमन्त्री डोटी पुगेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.