|

हेटौँडा : विभागीय टोली नेपाल पुलिस क्लब हेटौँडामा जारी हेटौँडा गोल्डकपको फाइनलमा पुगेको छ। बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा पुलिसले संकटा क्लबलाई २–० गोल अन्तरले पराजित पुलिस फाइनलमा प्रवेश गरेको हो।

पुलिसका लागि खेलको १९औँ मिनेटमा दिनेश राजवंशीले पहिलो गोल गरे। पहिलो हाफबाट नै दबाबमा परेको संकटाले गरेका प्रयासहरू विफल पार्दै खेलको ५३औँ मिनेटमा निरकुमार राईले पुलिसका लागि दोस्रो गोल गरे।

बिहीबारको खेलको म्यान अफ द म्याच पुलिसका निरकुमार राई घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे। जीतसँगै पुलिसले उपाधिका लागि अर्को विभागीय टोली नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.