|

काठमाडौं:  विशेष अदालत काठमाडौंले नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाले भ्रष्टाचार गरेको ठहर गरी ७ वर्ष कैद सजाय सुनाएको छ।

विशेष अदालतले बिहीबार पर्यटन बोर्डमा भएका कामकारवाहीमा दोषी ठहर गर्दै ७ वर्षसहि्त ८० लाख ५१ हजार बिगो र ५४ लाख ५९ हजार रुपैयाँ जरिवाना गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा तत्कालीन सिइओ निरौलासहित बोर्डका लेखा अधिकृत अनिलकुमार दास र पर्यटन  एसियन ट्राभल एण्ड टुर्सका सञ्चालक महेन्द्र खनाल पनि दोषी ठहरिएका छन् भने एक दर्जनभन्दा बढीले सफाइ पाएका छन्। 

अदालतले पर्यटन बोर्डका अनिलकुमार दासलाई ६ वर्ष कैद र ५० लाख बिगो तथा २४ लाख जरिवाना गरेको छ। त्यस्तै महेन्द्र खनालको हकमा  एक लाख ५४ हजार रुपैयाँ बिगो तिराउने फैसला भएको छ। 

यो मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासले फैसला गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.