|

काठमाडौं : मन्त्रालयको विषयमा एमाले र माओवादीबीच भागबण्डा मिलेको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको छलफलमा मन्त्रालयको भागवण्डा टुंगिएको हो। 

जसअन्तर्गत एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय राखेको छ भने माओवादीको भागमा गृह र उर्जासहित ७ मन्त्रालय परेको छ। 

दुई दलबीच प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्ने सहमति बुधबार नै जुटेको बताइएको छ। मन्त्रालय भागवण्डा टुंगिएसँगै एमाले र माओवादीका नेताहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन्। 

प्रधानमन्त्री ओलीले अर्थ र परराष्ट्रमन्त्रीमा व्यक्ति पनि हेर्नु पर्ने भनेपछि यी मन्त्रालय एमालेले राखेको बताइएको छ। माओवादीले भौतिक पूर्वाधार र पर्यटन मन्त्रालय मागेको थियो तर, दुबै मन्त्रालय एमाले आफैंले राखेको छ।

एमालेले पाएका मन्त्रालयहरु

१- अर्थ तथा योजना

२- परराष्ट्र

३- रक्षा

४- भौतिक पूर्वाधार तथा यातायात

५- संघीय मामिला तथा सामान्य प्रशासन

६- सूचना सञ्चार

७- कानुन, न्याय तथा संसदीय मामिला

८- पर्ययन

९- शिक्षा तथा खेलकुद

१०- स्वास्थ्य तथा जनसंख्या

माओवादीले पाएको मन्त्रालयहरु

१- गृह

२- जलस्रोत तथा ऊर्जा

३- उद्योग, वाणिज्य तथा आपूर्ति

४- शहरी विकास, आवास खानेपानी तथा सरसफाइ

५- वन तथा वातावरण

६- कृषि, सहकारी तथा भूमि व्यवस्थापन

७- श्रम तथा रोजगार तथा महिला बालवालिका

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.