|

काठमाडौं :  'केएल मोबाइल हव'बाट फोन किन्दा १० मार्चदेखि काठमाडौंमा हुने बलिउड स्टारहरूको कार्यक्रमको पास निशुल्क पाइने भएको छ। 

हवले संचालन गरेको मेलाबाट मोबाइल किन्ने आफ्ना ग्राहकलाई निशुल्क टिकट उपलब्ध गराउने योजना केएल टावरले बिहीबार सार्वजनिक गरेको हो।

मेलामा मोबाइल खरिद गर्ने ग्राहक तथा मोबाइल एक्सचेञ्ज गर्नेहरूलाई पनि सलमान खानसहितका कलाकारको कार्यक्रमको पास सित्तैमा उपलब्ध गराउने जनाएको छ। मोबाइल हव परिसरमा हात खाली नजाने उपहार योजनामा मोबाइल किन्नेको भीडलाई लक्षित गर्दै यस्तो योजना सुरु गरिएको मोबाइल हवका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए।

हवले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर समेत ल्याएको छ। मोबाइल मेला २८ फेब्रुअरीसम्म सञ्चालन हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.