|

काठमाडौं :  नेपाल स्टक एक्स्चेन्जले शुक्रबारदेखि  सि–आस्बा प्रणाली पूर्णरुपमा कार्यान्वयनमा ल्याउने जनाएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेप्सेका निर्देशक चन्द्रसिंह साउदले धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रियालाई थप व्यवस्थित र  सर्वसुलभ बनाउन  सि–आस्वा कार्यान्वयनमा ल्याउन लागिएको बताए।

सि–आस्बाको प्रयोगसँगै धितोपत्रको प्राथमिक बजारमा नयाँ युगको सुरुवात भएको साउदले बताए। सि–आस्बाको कार्यान्वयनले लगानीकर्ताले घरमै बसेर आवेदन दिने र हप्तादिनमै बाँडफाँट गरी लगानीको प्रतिफल तत्काल प्राप्त गर्ने वातावरण तयार भएको उनले बताए ।

अहिलेसम्म विभिन्न ६० वटा बैंक तथा वित्तीय संस्था सि–आस्बा प्रणालीमा आबद्ध छन्। आस्बा प्रणाली र सेन्टर आस्बा प्रणालीमा फरक रहेको भन्दै त्यसमा कुनै दुविधा नराख्नसमेत साउदले आग्रह गरे।

सि–आस्बामा  घरमै बसेर पनि धितोपत्र खरिदका लागि आवेदन दिन सकिने भएकाले लगानीकर्ताले आवेदन गर्दा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट अनिवार्य रूपमा रजिस्ट्रेसन नम्बर लिनुपर्ने व्यवस्था गरिएको छ। 

त्यसरी आवेदन दिन नसक्नेका लागि विद्यमान आस्बा फारम भरी बैंक तथा वित्तीय संस्थाबाटै आवेदन दिन पनि सि–आस्बाबाट सकिन्छ। आस्बा कार्यन्वयनमा आएसँगै फारम बोकेर घन्टौंसम्म लाईनमा खरिद आवेदन दिनुपर्ने बाध्यता हटेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.