|

सुनसरी : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कृषिमा आधुनिकीरण गर्दै बजारीकरणको खोजीमा प्रदेश सरकार लाग्ने बताएका छन्। 

बिहीबारदेखि धरानमा सुरु भएको ४ दिने तेस्रो कृषि यान्त्रिकीकरण प्रदर्शनीको उद्घाटन गर्दै मुख्यमन्त्री राईले मुलुक समृद्धितर्फ अघि बढाउन कृषि अपरिहार्य रहेको बताए। देशलाई धान्न सक्ने खाद्यान्न प्रदेश १ मा नै उत्पादन हुने उनको दाबी थियो।

मुलुकमा ३ चरणको निर्वाचन सम्पन्न भई मुलुक संघीय संरचनाको ढाँचामा गइसकेकाले अबको आर्थिक समृद्धिको आधार नै कृषि, पर्यटन रहेको मन्त्री राईले बताए। 

नेपाल सरकारको कृषि मन्त्रालयअन्तर्गतको कृषि विभाग, कृषि इन्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा कृषि प्रदर्शनी सुरु भएको हो। कृषकहरूलाई व्यावसायिक खेतीतर्फ अघि बढाउने उद्देश्यका साथ प्रदर्शनी सुरु गरिएको नेपाल कृषि मेसिनरी व्यवसायी संघका महासचिव खोजराज कटुवालले बताए। 

कृषि प्रदर्शनीको उद्घाटन कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीप भण्डारी, उपसभामुख शारदा पोख्रेल, धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीसमेतको सहभागिता थियो।  

प्रदर्शनीमा नेपालको कृषि तथा पशुपालन क्षेत्रमा प्रयोग हुने अौजार, आधुनिक सिँचाइ प्रविधि, गुणस्तरीय बिउ बीजन, पोल्ट्री, डेरी, माछापालन, पुष्प व्यासायलगायतका उत्पादन प्रशोधन तथा बजारीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका ५० वटा कृषिसम्बन्धी कम्पनीहरूका स्टल रहेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.