|

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालले सरकारी कर्मचारीको सम्पूर्ण विदेश भ्रमण स्थगन गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई उक्त निर्देशन बिहीबार पठाएको हो।

यो निर्देशनसँगै आगामी एक महिनाभित्र विदेश जाने तयारीमा रहेका करिब तीन सय ५० सरकारी कमचारीको विदेश भ्रमण रोकिने भएको छ। कर्मचारी विदश भ्रमणमा नजाने भएपछि राज्यको ढुकुटीबाट करिब २१ करोड रुपैयाँ जोगिएको छ। 

‘अर्को निर्णय नभएसम्म हाल मनोनय भएका र स्वीकृत भएका सरकारी कर्मचारीको विदेश भ्रभण स्थगन गर्न सरोकारवाला निकायको नाममा निर्देशन जारी गरिएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.