|

झापा  : प्रलोभनमा पारी तीन महिलालाई भारतको दिल्ली लैजाँदै गरेका एक भारतीय नागरिकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। 

भारत किसनगञ्ज जिल्ला धन्तोला ग्रामपञ्चायत महामारी गाउँका २५ वर्षीय मुख्तार आलम पक्राउ परेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक हरित बडुवालले जानकारी दिए। 

झापा बजार हुँदै भारतको दीघल बैंकतर्फ लैजाँदै गरेको देखेपछि शंका लागेर ती महिलालाई सोधपुछ गर्दा दिल्ली जान लागेको थाहा पाएपछि प्रहरीले उनीहरुको उद्धार गरेको हो। 

उद्धार गरिएका महिलालाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका आलमलाई इलाका प्रहरी कार्यालय झापामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बडुवालले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.