अर्थ

दुई आयोजनाको २५९ करोड आईपीओ अाजदेखि, यी कर्मचारी र स‌ञ्चयकर्ताले मात्रै भर्न पाउने
SHARES

फागुन ११, २०७४

    काठमाडौं : रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको २ अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर(अाईपीअो) शुक्रबारदेखि निष्कासन हुने भएको छ।

    दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका छन्। १ लाखभन्दा बढी सञ्चयकर्ता, सञ्चयकोषका कर्मचारी तथा रसुवाका साविक गाविसका कर्मचारी र रसुवा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीले शेयरमा आवेदन दिनसक्ने व्यवस्था गरिएको छ। 

    चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीका रूपमा रहेका साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीले एकै पटक एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने भएपछि आवेदनकर्तालाई समेत सहज हुने रसुवागढी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए।

    दुवै आयोजनामा कर्मचारी सञ्चयकोषको लगानी भएकाले कोषमा कार्यरत कर्मचारीले भने अरु सञ्चयकर्ताको तुलनामा बढी शेयर पाउने छन्। सञ्चयकर्ताले साञ्जेन जलविद्युत् कम्पनीको बढीमा ३०० कित्ता सेयर आवेदन गर्न सक्नेछन् भने रसुवागढीका लागि बढीमा ५०० कित्ता सेयर आवेदन दिने व्यवस्था मिलाइएको छ। 

    कोषका कर्मचारीले भने २ हजार ५०० कित्तासम्म साधारण शेयरमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। रसुवागढी हाइड्रोपावर कम्पनीलाई १ अर्ब ६४ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने जनाएको छ। कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई १ करोड ६४ लाख २१ हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो। 

    यस्तै साञ्जेन जलविद्युत् कम्पनीले ८७ करोड ६० लाख बराबरको साधारण सेयर शुक्रबारदेखि बिक्री गर्नेछ। सो कम्पनीको बिक्री प्रबन्धक नागरिक लगानीकोष हो।

    रसुवामा नै सो कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]