सुदूरपश्चिम र  मध्यमाञ्चल पनि खेल्दै

|

कैलाली : धनगढीमा जारी प्रधानमन्त्री टी–२० महिला क्रिकेट प्रतियोगितामा शुक्रबार दुई खेल हुँदैछन्। 

धनगढीको फाप्ला मैदानमा हुने पहिलो खेलमा पूर्वाञ्चल र मध्यपश्मिाञ्चल भिड्नेछन्। यस्तै दोस्रो खेल सुदूरपश्चिम र  मध्यमाञ्चलबीच हुनेछ। विजयी दुवै टोली सेमिफाइनलमा पुग्नेछन्।

यसअघि बिहीवार भएको पहिलो खेलमा समूह एमा रहेको मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४४ रनले हरायो। दोस्रो खेलमा  खेलमा समूह बीमा रहेको एपीएफले पूर्वाञ्चललाई ४ विकेटले हरायो। 

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.